अर्थ समाचार
मोतिपुरमा बन्ने अत्याधुनिक औद्योगिक क्षेत्र, १२ अर्ब लगानी, पाँच वर्षसम्म भाडा निःशुल्क
लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो...
बैंकका साहुहरूसामु अर्थमन्त्रीले भनेः सरकारको समृद्धि अभियानमा बैंक र उद्योगको बराबर साथ चाहिन्छ
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताएका छन् । उनले भने, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ ।...
मूल्य बढाएरै भए पनि भारतमा भन्दा नेपालको इन्धन महंगो बनाउन मन्त्री भट्टको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भारतभन्दा सस्तोमा तेल नबेच्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै मन्त्री भट्टले भारतभन्दा नेपालमा सस्तो भयो भने भारत तस्करी हुने दाबी गरेका हुन् । “म हस्तक्षेप गर्दिनँ । ध्यान दिनुपर्ने...
परिकल्पनाको ४६, अध्ययनको २६ र काम सुरू भएको १६ वर्षपछि काठमाडौं आइपुग्यो मेलम्चीको पानी
काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंको आइपुगेको छ । सिन्धुपाल्चोकबाट सुरूङमार्फत् ल्याइएको पानी शनिबार सुन्दरीजलमा खसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बटम दबाएर मेलम्चीको पानीलाई काठमाडौंमा प्रवाह गराए । काम सुरू भएको झन्डै १७ वर्षपछि पश्चिम सिन्धुपाल्चोक, मेलम्ची खोलाको पानी काठमाडौं आइपुगेको हो । मेलम्ची आयोजनाको परिकल्पना गरेको...
विप्लबले हिंसा त्यागे, अब पर्यटन क्षेत्रले फड्को मार्छः पर्यटनमन्त्री
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको...
ल्होसार सकिएसँगै खुल्यो तीन सातादेखि बन्द रसुवागढी नाका
काठमाडौ । ल्होसार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत माघ २९ गतेदेखि आयात निर्यात बन्द व्यापारिक नाका खुले लगत्तै पहिलो दिन चिनियाँ ठूलो सात वटा कन्टेनरले ल्याएका सामग्री नेपाल भित्रिएको हो । रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका...
समृद्धिको अभियान कार्यान्वयनमा दुविधा छैनः अर्थमन्त्री पौडेल
लुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको विकास र समृद्धिका महत्वपूर्ण अभियानको कार्यान्वयनमा दुविधा नराख्न आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले रुपन्देहीको मोतिपुरमा निर्माण हुने मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यासका क्रममा भएको घटनाका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा विकासका सन्दर्भमा जनतालाई भ्रम सिर्जना गरी उक्साउने गरिएको भए पनि जनताले ती भ्रमलाई...
‘मौलिक पहिचानसहितको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लागौं’
काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडी बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरिन् । यस अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक...
सिभिल बैंकको एटीएमबाट कार्ड बिनै पैसा झिक्न मिल्ने
काठमाडौं । सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट पैसा झिक्न मिल्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ एप्लिकेशन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर सिभिल बैंकको कुनै पनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सकिनेछ । यस सेवाको...
लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन थालियो
मुस्ताङ । चीनको स्वसासित क्षेत्र तिब्बतको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुक्खा बन्दरगाहा निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरोला नाकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले बन्दरगाह बनाउन भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत...