रङ्गमञ्च
नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत, १५ महिनामा खनिसक्ने
काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक...
रसुवागढीबाट आयात सहज हुँदै, निर्यात अझै ठप्प
काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका...
ज्योतिको आईपीओमा हालसम्मकै धेरै आवेदक, ३ जनामध्ये एकले मात्रै पाउने !
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स आईपीओ ३ आवेदकमध्ये १ जनाले मात्र पाउने भएका छन् । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका हुन् । कम्पनीले ६६ लाख कित्ता प्रारम्भिक सार्वजिनक निष्काशन विक्रीका लागि आवेदन माग गरेको हो...
रिलायन्स स्पिनिङले आइपीओ जारी गर्ने, बुक बिल्डिङमा आउँदैछ १४ लाख ६० हजार कित्ता सेयर
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने भएको छ। उद्योगले बुक विल्डिङमार्फत १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आइपीओ निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक समेत नियुक्त गरिसकेको कम्पनीका अध्यक्ष पवन कुमार गोल्यानले जानकारी दिए । सो सम्झौतामा रिलायन्सका संचालक शशिकान्त...
महासंघमा शेखर नेतृत्वको १०० दिन पुरा, के-के छन् उपलब्धि ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको एक सय दिन पुरा भएको छ । गत मंसिरबाट कार्यकाल सुरू भएको महासंघको शेखर गोल्छा नेतृत्वले काम गरेको सय दिन पुगेको हो । सय दिनमा केके भयो ? प्रस्तुत छ, भिडियोः
भाँडा माझ्ने भान्सेः एसएलसी फेल विश्व चर्चित नेपाली सेफको कथा
काठमाडौं । सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिनुभएका सेफ सन्तोष साहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा ? उनी तिनै नेपाली भान्से हुन जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का...
सीजीको नमुना कलाग्राम ‘उन्नति कल्चरल भिलेज’ तयार, कला–कृति सिर्जना र प्रवर्द्धनको अवसर
नवलपुर । प्रतिष्ठीत औद्योगीक तथा व्यवसायिक समूह चौधरी ग्रुप (सीजी)ले नवलपुरमा नमुना कलाग्रामको अवधारणा कार्यान्वयनमा ल्याएको छ । जिल्लाको देवचुली र बारचुली पहाडको मनोरम वातावरमा अवस्थित ‘उन्नति कल्चरल भिलेज’ नेपाली कला, शील्प तथा संस्कृतिको जगेर्ना गर्दै नेपाली सम्पदालाई विश्व बजारसम्म पुर्याउने अवधारणासहित निर्माण भएको हो । स्वदेशी तथा विदेशी...
८३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा , टेलिकम भन्दा एनसेल फोरजी प्रयोगकर्ता दोबर
काठमाडौं । नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन् । मङ्सिरमा कूल २ करोड...
गोल्छा समुहको ९० करोड लगानीको नयाँ फलाम उद्योग
बिरगञ्ज । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ । गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास...
डेपुटी दौडः शिलबन्दी नामावली अर्थ मन्त्रालय पुग्यो ? को-को छन् ? को-को बन्लान् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिक्त रहेको दुई डेपुटी गभर्नर पदका लागि चार जना कार्यकारी निर्देशकहरुको नाम सिफारिस गरेका छन् । राष्ट्र बैंक ऐन अनुसार गभर्नरले दुई जना डेपुटी गभर्नरका लागि चार जना कार्यकारी निर्देशकहरुको नाम सिफारिस गरेर अर्थमन्त्रालयमा बुझउनुपर्छ । सोही प्रस्तावलाई अर्थमन्त्रीले मन्त्रिपरिषद बैठकमा...