रङ्गमञ्च
नबिल बन्यो डलर प्रिपेड कार्ड जारी गर्ने पहिलो बैंक, कसरी लिने सेवा ?
काठमाडौं । नबिल बैंक इन्टरनेसनल प्रिपेड कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । बैंकले विदेशी वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने प्रिपेड कार्ड जारी गरेको हो । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रअनुसार ५ सय डलरसम्म भुक्तानी गर्न सकिने कार्डको व्यवस्था गरेको हो ।...
नागरिक स्टक डिलरले हाइड्रो र बीमा कम्पनीको सेयर कारोबार गर्न नपाउने, छानिए ३९ कम्पनी
काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले हाइड्रो पावर र बीमा कम्पनीहरुको सेयर किनबेच गर्न नपाउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबार नागरिक स्टक डिलरले किनबेच गर्न पाउने कम्पनीहरुको सूचि सार्वजनिक गरेको छ । नेपालकै पहिलो स्टक डिलर कम्पनी नागरिक स्टक डिलरले ३९ कम्पनीहरुको सेयर डिलरले किनबेच गर्न पाउनेछ तर...
सर्वाेत्तमको ३५ प्रतिशत लाभांशमा धितोपत्र बोर्डको अंकुश !
काठमाडौं । सर्वाेत्तम सिमेन्टले घोषणा गरेको ३५ प्रतिशत लाभांशमा नेपाल धितोपत्र बोर्डले आपक्ति जनाएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सार्वजनिक निष्काशन अघि नै लाभांश घोषणा गर्ने विषयबारे आवश्यक छलफल भैरहेको पनि बताए । ‘आईपीओ निष्काशनको तयारी गरिरहेको कम्पनीले...
नेपाल-बङ्गलादेश साझेदारी: भन्सार दर घट्ने, रोहनपुर–सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’
ढाका । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । भ्रमणमा संलग्न राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिलाई आज ढाकामा अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका...
शिखरका लगानीकर्तालाई ३८ प्रतिशत लाभांस, लगत्तै ३० प्रतिशत हकप्रद
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ औं र १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको मुख्य कार्यालयमा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७...
फास्टट्र्याकमा चरम ढिला सुस्ती, आठ महिनामा वार्षिक योजनाको १९ प्रतिशत मात्रै प्रगति
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८.९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९.१२ रहेको छ । विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४.९ प्रतिशत रहेको...
बंगलादेश पुगेर राष्ट्रपतिद्वारा ऊर्जा व्यापारका लागि त्रिदेशीय सहयोग सुदृढीकरणमा जोड
ढाका । बङ्गलादेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बङ्गलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताएकी छन् । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै...
सुरू भयो गैँडा गणना, ५ वर्षअघि ६४५, बढ्ला कि घट्ला ?
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर सोमबारदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरे । गैँडा गणनाको शुभारम्भका अवसरमा...
बाह्र वर्षपछि फर्कियो खोलो : महाकाली करिडोर जिरो प्वाइन्ट ब्रह्मदेव क्षेत्रको ‘ईआए’ स्वीकृत
काठमाडौं । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । विसं २०६५ देखि शुरु भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाको शुरुआत विन्दुमा अझै काम अघि बढ्न सकेको...
सामाजिक सञ्जालमा यसरी नेपालबाटै गर्न सकिन्छ ५,००० डलर सम्मको बुस्ट !
काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा बुस्ट गर्न चाहनेका लागि विशेष छुटसहित नयाँ व्यवस्था गरेको छ । जसअनुसार ५ हजार डलर बराबरको बुस्ट गर्न सकिन्छ । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ...