रङ्गमञ्च

भारततर्फ किन जान थाले गैंडा ?

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैंडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैंडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार यस वर्षको वर्षातमा दुई वटा गैंडा सुस्ता हुँदै भारततर्फ गएका छन्...

देशकै सबैभन्दा ठूलो आईपीओ ल्याउने निफ्राको नाफा घट्यो (कारणसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो। गत...

संवैधानिक इजलासमा प्रमपक्षीय अधिवक्ताले भनेः विघटन अन्तर्राष्ट्रिय अभ्यासअनुरुप

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरे । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको रिट निवेदनमाथिको सोह्रौँ दिनको सुनुवाइमा उनले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटनको अधिकार दिएको र संविधानको धारा ८५ विघटनका लागि...

इच्छाले दिलाएको सफलताः फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक

काठमाडौं । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गर्थे । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा...

बुक बिल्डिङको सेयर किन्न छानिए थप १८ कम्पनी

काठमाडौं । बुक बिल्डिङ प्रणालीबाट निष्काशन हुने सेयर खरिदका लागि थप १८ कम्पनी छानिएका छन् । नेपाल धितोपत्र बोर्डले माघ २० गते थप कम्पनीलाई सो प्रणालीको सेयर किन्न योग्य संस्थागत लगानीकर्ता ठह¥याएको हो । बोर्डले यसअघि नै ४६ कम्पनीलाई त्यस्तो सेयर किन्न योग्य रहेको जनाएको थियो । अब बुक...

तीनकुने कृषि बजारमा क्युआर कोडः १२० रुपैयाँको एक किलो कागति किने गभर्नरले

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनकुनेस्थित हरित स्मार्ट कृषि बजारमा १२० रुपैयाँको एक किलो कागतिको भुक्तानी क्युआर कोड भुक्तानी सेवा आरम्भ गरेका छन् । माछापुच्छ्रे बैंक र कृषि बजारले संयुक्त रुपमा सुरु गरेको क्युआर कोड भुक्तानी सेवाको आरम्भ गर्दा गभर्नर अधिकारीले साइली माया जिम्बाको पसलबाट कागति...

भिजेको मल आयात गर्न साल्ट ट्रेडिङलाई भन्सारले दिएन जाँचपास, न पाए किसानले न भयो फिर्ता

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै...

सुरूङ परीक्षणकै टुंगो छैन, मेलम्चीको पानी त कहिले कहिले !

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली...

सिटिजन्सको योजनाः ३ वर्षमा ‘टप टेन’ बन्ने, दोहोरो अंकको प्रतिफल र अरूलाई गाभ्ने आफू नबिलाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ३ वर्षभित्र उत्कृष्ठ १० वाणिज्य बैंक बन्ने लक्ष्य लिएको छ । यस्तै दुई अंकको प्रतिफल दिने योजना बैंकको छ । बैंकले पत्रकार अन्तरक्रिया कार्यक्रममार्फत् कोभिडको प्रभावबीच दोस्रो त्रैमाससम्म सन्तोषजनक प्रगति हासिल गर्न सकेको दाबी गरेको जानकारी दिइयो । बैंकले आफ्नो ब्राण्डलाई लामो समयसम्म टिमाइराख्ने...

माघ महिना भित्रै ३६ करोडको आइपीओ आउँदै, कुन कम्पनीको कति ?

काठमाडौं । माघ महिनाभित्रै दुई कम्पनीहरुले ३६ करोड मूल्य बराबरको ३६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएका छन् । माघ २३ गतेदेखि ग्रीनलाइफ हाइड्रोपावरले ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ जारी गर्दैछ । ग्रीन लाइफको आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिन्छ । ग्रीन लाइफको बिक्री प्रबन्धकको जिम्मा...