रङ्गमञ्च
बाबुको मुख हेर्ने दिनमा हरिवंशले ल्याए ‘महापुरुष’को नयाँ गीत
काठमाडौं । बाबुको मुख हेर्ने दिनको अवसरमा फिल्म ‘महापुरुष’ले नयाँ गीत ‘बा’लाई इन्टरनेट रिलिज गरेको छ । बाबु र सन्तानबीचको सम्बन्धको महत्व दर्शाउने गीत मर्मस्पर्शी लाग्छ । रिदम कँडेलको स्वर तथा संगीत रहेको गीतलाई नवराज पराजुलीले लेखेका हुन् । गीतमा हरिवंश आचार्य र नवनायक अरुण क्षेत्री फिचर्ड छन् ।...
२५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर
काठमाडौं । चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि छ । जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी...
बलिउड फिल्म एनिमलको ‘लुक्स’ परीक्षण गर्न मुम्बई उडे विपिन कार्की
काठमाडौं । बलिउड फिल्म एनिमलको लुक्स परीक्षणका लागि अभिनेता विपिन कार्की शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । अपरान्ह ३ बजे एयर इन्डियाको विमानबाट उनी त्यता लागेका हुन् । भारत प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै कार्कीले आफू त्यहाँ केही दिन रहने र ‘एनिमल’को लागि लुक टेस्ट गर्ने बताए । शनिबार...
‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश : अपमान महसुस भयो
काठमाडौं । प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । रिलिजको पहिलो दिन शुक्रबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै निर्माता र अभिनेता हलप्रति आक्रोशित देखिए । अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाए । ‘हामीलाई...
कोभिड खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्ब ऋण लिने
काठमाडौं । कोभिडविरूद्धको खोप किन्न सरकारले विश्व बैंकबाट साढे ८ अर्बभन्दा बढी ऋण लिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच ७.५ करोड अमेरिकी डलर (करिब ८.७ अर्ब नेपाली रूपैयाँ) बराबरको सहुलीयतपुर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव शिशीर कुमार ढुंगाना र...
यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्नेहरू
काठमाडौं । सरकारले आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेहरूलाई सम्मान गरेको छ । करदातालाई प्रोत्साहित गर्ने भन्दै आन्तरिक राजस्व विभागले अघिल्लो आवको विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको हो । आव २०७५/७६ मा १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित भए । कोको भए सम्मानित ? सबैभन्दा...
आर्टिफिसियल इन्टेलिजेन्ससहितको ईकेवाईसी ल्याइँदै, कसरी रोक्छ ‘बोरे’ प्रवृत्ति ?
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)सहितको ईकेवाईसी ल्याउन लागेको छ । ईकेवाईसीको माध्यमबाट मानिसको अनुहार चिन्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग हुने गरि काम अघि बढाइएको सिडिएसीका सिइओ पूर्ण प्रसाद आचार्यले सिंहदरबारलाई बताए । ‘१६ वर्षको मान्छेले नागरिकता बनाउँछ, ७० वर्षको उमेरसम्म कारोबार गर्छ, हामी त्यसलाई पनि पहिचान...
१० अर्बको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता, एनआरएनलाई डलरमा आईपीओ
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अगुवाईमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । १० अर्ब पुँजीको फण्डलाई कम्पनी रजिस्ट्रारको कार्यालयले चैत १७ गते दर्ता प्रमाणपत्र दिएको हो । कम्पनीमा नेपाल सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । १५० जना भन्दा बढी...
अजोड इन्स्योरेन्सको सेयरमा इन्साइडर ट्रेडिङको आंशका ! बोर्डले थाल्यो छानिवन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स कम्पनीको सेयर इन्साइडर ट्रेडिङ भए/नभएको अध्ययन थालेको छ । बोर्डका प्रवक्ता निरज गिरीले इन्साइडर कारोबार भए/नभएकोबारे अध्ययन थालिएको बताएका हुन् । ‘अजोडको सेयरमा इन्साइडर कारोबार भएको हो वा होइन भन्नेबारे हाम्रो टिमले हेरिरहेको छ, त्यो भन्दा अरु केहि भन्न मिल्दैन् ।’, गिरीले...
कालीगण्डकी नदि थुनेर ८४४ मेगावटको आयोजना, ८४ अर्ब लागत अनुमान
काठमाडौं । पश्चिम नेपालको समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले...