स्वास्थ्य

dengue mosqito

बागमती प्रदेशमा डेंगुबाट १३ हजार भन्दाबढी बिरामी, ११ जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक, सिन्धुलीमा एक...

३२४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा एक जनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १ हजार ६७३ जनाको पीसीआर परीक्षण गर्दा १६३ जना र १ हजार...

विशेषज्ञ नर्सको लाइसेन्स दिने निर्णय रजिष्ट्रेसन समितिले नै गर्ने

काठमाडौं- नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने भएको छ। परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्नका लागि परीक्षा दिन नपर्ने यस अघिकै व्यवस्थालाई निरन्तरता दिएको हो। काउन्सिलले जारी गरेको सूचनामा तोकिएको योग्यता पुरा गरेका नर्सहरुले आगामी १ असोजदेखि विशेषज्ञ नर्सिङ रुपमा नाम...

गर्भदेखि नै परीक्षण, पहिचान र उपचार आवश्यक: गर्भमै के–के जाँच हुन्छ?

काठमाडौं– सोलुखुम्बुको एउटा गाउँबाट आफ्नो ४ वर्षको बालकलाई लिएर एक परिवार तिलगंगा आँखा प्रतिष्ठानमा आए। आँखा देख्न नसक्ने अवस्थामा अस्पतालमा ल्याइएका ती बालकमा जन्मजात मोतिविन्दुको समस्या थियो। तर, ती बालकका अभिभावकले मोतिविन्दुको लक्षणबारे जानकारी पाएनन्। ४ वर्षको भएपछि मात्र एकआफन्तले बालकको आँखा सेतो देखेपछि उपचार गराउनसल्लाह दिए। मोतिविन्दुको समस्या लिएर...

विकासले विनाश निम्त्याउनु हुन्नः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए । “पछिल्लो समय विकास...

काम नगर्ने सात ठेकेदारलाई कारवाही, ठेक्का तोडियो, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौतासमेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।...

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

न्युयोर्क । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ । गैरकानूनीरूपमा प्राचीन सामग्रीको...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण...