समाज/राजनीति
प्रकाश बुढाथोकीले आईलिग खेल्ने
काठमाडौं । नेपालका राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित भारतको आईलिग खेल्ने भएका छन् । बुढाथोकीले भारतको मणिपुरस्थित नेरोका एफसीबाट खेल्ने भएका हुन् । आईलिग भारतको ‘ए’ डिभिजन क्लब खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका–२० पटनाली निवासी बुढाथोकीलाई पुरानो फुटबल क्लब धरान फुटबल क्लबले बिदाइ गरेको छ...
ओली सदस्यबाट र पौडेल महासचिवबाट निष्काशित, आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट निस्कासन गर्ने र विष्णु पौडेललाई महासचिवबाट हटाएको छ । नेकपा स्थायी कमिटी बैठकको निर्णय केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछि ओली निष्काशित भएका हुन् । सोमबार बसेको केन्द्रीय समिति वैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि...
प्रधानमन्त्रीविरूद्ध समाजिक सञ्जालमा टिप्पणी गर्ने पूर्वसचिव उपाध्यायलाई अदालतको सफाई
काठमाडौं । सामाजिक सञ्जालमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा साइबर अपराध मुद्दा खेपिरहेका नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले सफाई पाएका छन् । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतले सफाई दिएको हो । सामाजिक सञ्जालमा सरकारको खरो आलोचना गर्दै आएका सचिव उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्युरोले वैशाख १० गते बुधबार पक्राउ गरेको...
सुदूरपश्चिममा एकैरात दुई भूकम्प
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२...
डोटीमा अघोषित लोडसेडिङ, उपभोक्ता सकसमा
डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढी तथा दिपायलमा एक महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका व्यवसायीलाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण...
भारतपछि चीनको साथः तीन लाख मात्रा खोप उपलब्ध गराउने
काठमाडौं । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण...
८८ हजारले लगाए कोभिडविरूद्धको खोप, लगाउनेलाई सामान्य ज्वरो तथा वाकवाकी
काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११,...
संसद विघटन भयो, समिति सभापतिहरुले गाडी फिर्ता गरेनन्, फिर्ता नगर्ने ओली पक्षका पनि
काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटन सँगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिको सुविधा पनि खोसिएको छ । तर, सचिवालयले उपलब्ध गराएको सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । सरकारले...
काठमाडौँमा बर्डफ्लु भेटियो
काठमाडौं काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए । बर्डफ्लु पुष्टि भएसँगै आज...
मन्त्री मणि थापाले ‘श्री ५ को सरकारको तर्फबाट लामसलाम टक्र्याउँछु’ भनेपछि…
काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपालमा राजनीतिक क्रान्ति सकिएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपा सुर्खेत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन्। श्री ५ को सरकारको तर्फबाट लालसलाम टक्र्याउँछु भन्दै थापाले भने, “हामीलाई थाहा छ हामी किन यहाँ उपस्थित भयौँ।...