समाज/राजनीति

मेयर्स कप सञ्चालन गर्न क्यानलाई महानगरको ५० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि...

मनाङमा शक्तिशाली भुकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । मनाङमा शक्तिशाली भुकम्प गएको छ । नेपाल भुकम्प मापन तथा अनुसन्धान केन्द्रले राति ९ बजेर ५९ मिनेट जाँदा नार केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भुकम्प गएको जनाएको हो ।

बिहीबारदेखि देशभर हिउँ पर्ने

काठमाडौं । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि...

ल्होसारमा तीन दिन सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी तेमाल गाउँपालिकाले पनि...

कोरोनालाई अवसर बनाउँदै सामूहिक आलु खेती

पाल्पा । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी...

सडकमा किन निस्कँदैछ सेनाका बख्तरबन्द ?

काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमाको अभ्यास गरे । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो । मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले...

एकैदिन १ लाख १३ हजारले लगाए कोरोनाविरूद्धको खोप

काठमाडौँ । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज छैटौँ दिन एक लाख १३ हजार १७५ व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा...

मिस्टर एन्ड मिस थारूको अडिसन माघ २४ बाट

काठमाडौँ । नेपालमा ‘मिस्टर एन्ड मिस थारू २०२१’ आयोजना गरिने भएको छ । तेस्रो संस्करणका रुपमा यही माघ २४ गतेदेखि मुलुकका विभिन्न जिल्लामा छनोट प्रक्रिया शुरु हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वाइएसी इभेन्टसको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको...

कमलपोखरीलाई ‘सुन्दर’ बनाउन भत्काइए संरचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ । भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन् । कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब...

‘मुख्यमन्त्री कप’ महिला तथा पुरुष भलिबलको तयारी

कास्की । कोरोना भाइरस सङ्क्रमणका कारण लामो समय ठप्प रहेका खेलकूद गतिविधि पोखरामा सुचारु हुने तयारीमा छन् । वर्षभरिनै खेलकूद गतिविधि भइरहने यहाँ कोरोना महामारीपछि गत चैत पहिलो सातादेखि खेल गतिविधि रोकिएकामा पछिल्लो समय फुटबल, भलिबललगायत खेलका प्रतियोगिताका तयारी गरिएको छ । गत मङ्सिर पहिलो सातादेखि सरकारले खेलकूद प्रशिक्षणलगायतका...