समाज/राजनीति
यस्तो देखियो व्यवस्था जोगाउन माधव-प्रचण्डले गरेको आम हड्ताल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन र संबैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गरेको बिरोधमा नेकपा(माधव प्रचण्ड) समुहले बिहिबार देशव्यापी आम हड्ताल गर्यो । आम हड्ताललाई सफल बनाउन पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । अधिकांश स्थानमा सुरक्षा कर्मीसँग घम्साघम्सी परेको छ । स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यसहित...
नेकपा सर्लाही इन्चार्ज वाग्लेको शंकाष्पद निधन
काठमाडौं । नेकपाका सर्लाही जिल्ला इन्चार्ज दाचाराज वाग्लेको शंकाष्पद निधन भएको छ । जिल्लाको बरहथवा नगरपालिकामा नेकपाद्वारा आयोजित मसाल जुलुसमा सहभागी भइ कर्मैया तर्फ हिँडेका वाग्ले केही समयमै सम्पर्कबिहीन भएका थिए । रातको साढे ९ बजे मुर्तिया जंगलमा शव फेला परेको छ । उनी प्रचण्ड-नेपाल पक्षधर नेता हुन् ।
सडन डेथमा युनाइटेडलाई उपाधि
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ । घरेलु मैदान महेन्द्रनगरस्थित खुला मञ्चमा भएको फाइनल खेलमा कैलालीको पिएचए अत्तरियालाई पराजित गर्दै रु एक लाख पुरस्कार राशिको उपाधि महेन्द्रनगरले जितेको हो । महेन्द्रनगर युनाइटेड क्लबको आयोजना र कञ्चनपुर जिल्ला...
प्राज्ञिक लेखन गुणस्तरका लागि विज्ञ–परामर्श
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले शोधमूलक प्रकाशनार्थ प्रस्तुत गरिने प्राज्ञिक लेखको गुणस्तरीयताको समीक्षा तथा मूल्याङ्कनबारे विज्ञहरुसँग परामर्श गरेको छ । प्रतिष्ठानको साहित्य (समालोचना र निबन्ध) विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमका विज्ञ वक्ताले प्राज्ञिक लेखनको स्तरीकरणका साथै जर्नलको गुणस्तरका लागि विशेष ध्यान दिइनुपर्ने खाँचो औँल्याए । उनीहरूले प्रतिष्ठानबाट प्रकाशित हुने जर्नल लेखको...
प्रधानमन्त्रीको प्रश्नः बन्द गरेर जनतालाई किन दुःख दिनु ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोधेका छन् । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख...
हेटौंडामा व्यवस्थित वस टर्मिलन भवन बन्ने
काठमाडौं । हेटौंडा उपमहानगरपालिका र नगर विकास कोष बीच २० करोड ६९ लाखको ऋण सम्झौता भएको छ । उपनगरमा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यसहित बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको हो । हेटौंडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद...
अब अनलाइनबाटै ‘ट्राफिक जरिवाना’ तिर्न सकिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेबापत चालकले अब तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइन बाटै भुक्तानी गर्न सक्ने भएका छन् । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याएको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड...
थप १४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप तीन हजार ५९७ को पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा पिसिआर...
संवैधानिक इजलासमा प्रमपक्षीय अधिवक्ताले भनेः विघटन अन्तर्राष्ट्रिय अभ्यासअनुरुप
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरे । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको रिट निवेदनमाथिको सोह्रौँ दिनको सुनुवाइमा उनले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटनको अधिकार दिएको र संविधानको धारा ८५ विघटनका लागि...
‘वाम घोषणापत्रमा विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त क्षेत्र बनाउने प्रतिवद्धता गरेको होइन ?’
काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द/हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ ।्र निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले...