समाज/राजनीति
माघ ३० गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् ।
“आफ्नै प्यारो नेता माधव नेपाल” भन्दै, माधव-प्रचण्ड समुहमा फर्किइन समिना
रौतहट । प्रतिनिधिसभा सदस्य तथा नेकपा रौतहट नेत्रि समिना हुसेन केपि रामवहादुर गुट छोडेर माधव-प्रचण्ड समुहमा फर्किएकी छिन् । आज दिउँसो एक प्रेस विज्ञप्ती जारी गदै समिनाले उक्त घोषणा गरेकि हुन् । यस्तो छ समिनाले जारीगरेको विज्ञप्तीः मितिः २०७७ माघ २७ विज्ञप्ती प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक ढंगबाट प्रतिनिधिसभा...
सुर्खेतमा ६ महिनामै १३६ करोडको तरकारी फलफल बिक्यो, बढ्दै उत्पादन पनि
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आव २०७७।७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोड रुपैयाँको कारोवार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको अर्थ बजारको तथ्यांकलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६ सय रुपैयाँको कारोवार...
धुर्मुस-सुन्तलीलाई क्रिकेट रंगशाला बनाउन करोडौं दिन्छु भन्ने अधिकांशले एक पैसा पनि दिएनन्
चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म ९ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो...
रौतहटका तीन शहरमा संसद विघठन विरुद्ध नेकपाको मसाल जुलुस
काठमाडौं । नेकपा माधव प्रचण्ड समुहले रौतहटका तीन शहरमा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघठनको निर्णय विरुद्ध आन्दोलनरत माधव प्रचण्ड समुहका नेता कार्यकर्ताहरुले सोमबार रौतहट सदरमुकाम गौर, गरुढा र चन्द्रपुरमा मसाल जुलुस निकालेका हुन् । जुलुसमा प्रहरीले हस्तक्षेप गरेको भएपनि ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले मसाल...
नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाल्याे अभ्यास
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलालाई लक्ष्य राखेर अभ्यास थालेको छ । खुला प्रतिस्पर्धाबाट नेपाली टोलीका प्रशिक्षक नियुक्त भएका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरले प्रारम्भिक २१ खेलाडीलाई समावेश गरेर अभ्यास थालनि गरेका छन् । एक साताअघि मात्र सम्पन्न प्रधानमन्त्री कप एक...
केपी ओलीलाई संसदले प्रधानमन्त्री बनाएको हाे: वर्षमान पुन
स्याङजा । नेकपा माधव-प्रचण्ड समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री चुनिएको र विशेषाधिकार रहेको झुठो दाबी गरेको भन्दै पुनले ओली जनताबाट नभई संसदबाट प्रधानमन्त्री चुनिएको बताए । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट एक-एक...
अनेरास्ववियूको सिंहदरबार घेराउ, लगाए ‘वी हेट ओली’को नारा
काठमाडौं। नेकपा माधव-प्रचण्ड निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् । विद्याथीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो...
अवैध ४९ लाखसहित भारतीय पक्राउ
कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ...
बिराटनगरमा पनि आकाशे पुल, २ करोड ३९ लाख लागत
विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड ९घाँसचोक० गरी...