समाज/राजनीति

प्यासमा डुबेको काठमाडौंः मेलम्चीको पानी आउन २०७८ असार कुर्नु पर्ने

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)...

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छः उपप्रधानमन्त्री पोखरेल

ओखलढुंगा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउनेसरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् । गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी...

फिदिममा एकैसाथ तीन आयोजना सुरु, सम्पन्न भयो शिलान्यास

  पाँचथर। पाँचथर सदरमुकाम फिदिममा आज एकैसाथ तीनवटा आयोजनाको शिलान्यास गरिएको छ । फिदिम बजारभित्र निर्माण हुन लागेको फिदिम रङ्गशाला, बजारभित्रका सडकको कालोपत्र तथा फिदिम माध्यमिक विद्यालयको १२ कोठे भवनको आज आयोजित कार्यक्रममा शिलान्यास गरिएको हो । सङ्घीय सरकारबाट स्वीकृत कार्यक्रमअनुसार निर्माण शुरु भएका आयोजनाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

खाद्यको भन्दा व्यापारीको चामल सस्तो, बिकेन अनुदानको चामल

  डोल्पा । बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य...

तीन हप्तापछि बन्चरेडाँडामा काठमाडौंको फोहर फाल्ने तयारी, ५० वर्ष ढुक्क

काठमाडौं । यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर विसर्जन गर्न सकिने जानकारी दिएको हो ।...

पानी पार्ने सम्भावना, उच्च भूभागमा हिमपात पनि

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही...

११ महिना सिंहदरबार नटेकेका प्रधानमन्त्री मुल भवन उद्घाटनको रिबन काट्न आउँदै

काठमाडौं । भूकम्पले क्षतिग्रस्त सिंदरबारको मुल भवन पूर्णतः तयार भएको छ । वि.सं. २०७२, वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले भत्काएको सिंहदरबार मूल भवनको चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको हो । भवनको पश्चिम मोहोडाको पुनर्निर्माण भने चलिरहेको छ भने बाँकी मोहोडाको प्रवलीकरण सकिएको हो ।...

काटेका बिदा फेरि दिन सुरु गर्छौंः गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताउएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक...

मर्चरी नभएर भागरथीको शव अझै आइसमै, कहाँ पुग्यो अनुसन्धान ?

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको दोषी पत्ता लगाउन प्रहरीको सक्रियता र अनुसन्धान जारी छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते विभत्स अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी थिइन् । “शंकास्पद व्यक्तिलाई सोधपुछ...

सामाजिक सञ्जालले अपराध बढायो, नियमनका लागि निर्देशिका ल्याउँदैछौंः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आयोजित दोलखाली पत्रकारसँगको अँन्तरक्रिया कार्यक्रममा उनले भने, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।”...