समाज/राजनीति
देउवाको प्रश्नः अदालतले ढिलो त गर्यो गर्यो, तालिका निकाल्न निर्वाचन आयोग किन सुस्ताएको ?
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगसँग निर्वाचन तालिका मागेका छन् । बुटवलबाट देउवाले आयोगको गतिविधिले शंका पैदा गरेको बताएका हुन् । “निर्वाचन आयोग अहिलेसम्म निर्वाचन कार्यक्रम किन बाहिर निकाल्दैन ? कि त कार्यक्रम ल्याउनुपर्यो हैन भने चुनाव गराउँदिन भन्नुपर्यो,” देउवाले भने । संसद्को विघटन भएको ६ महिनाभित्र...
१ सय २३ नयाँ कोरोना सङ्क्रमितमध्ये ७३ उपत्यकामा, दुईले गुमाए ज्यान
काठमाडौं । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौँ उपत्यकाका छन् । बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् । हालसम्म काठमाडौँमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ...
अपहेलना मुद्दाको लिखित जवाफमा चार पूर्वन्यायाधीशले के भने ?
काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूले अदालतको अवहेलना नगरी संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की अदालतको अवहेलना सम्बन्धि मुद्दामा आज आफै उपस्थित भएर पेश गरेको लिखित जवाफमा उक्त कुरा उल्लेख...
खोपको प्रभावकारिता ७८ प्रतिशत, शरिर चिनेर खोपले त्यहीअनुसार काम गर्न थाल्छः डाक्टर
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८...
रसियाले नेपालमा रेल मार्ग बनाउने, काठमाडौं मेट्रो नेपालको प्राथमिकता
काठमाडौं । रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो । नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँग शिष्टाचार भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो ।...
प्रधानमन्त्री ओलीले भने-भारतबाट बिजुली किनेर लोडसेडिङ हटाउने मै हुँ
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लोडसेडिङ कुलमान घिसिङले नभई आफुले हटाएको दावी गरेका छन् । नेकपा निकट उद्योगी व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै लोडसेडिङ आफुले हटाएको दावी गरेका हुन् । भारतबाट बिजुली खरिद गर्ने सम्झौता आफुले गरेको र त्यसकै आधारमा लोडसेडिङ हटेको दावी उनले गरेका हुन् । ओलीले लोडसेडिङ हटाएको...
त्रिभुवन विमानस्थल भन्सारबाट ५० लाखको सुन पक्राउ
काठमाडाैं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गैरकानुनी तरिकाले ल्याएको ६ सय ग्राम सुन सहित सुन तस्करिमा संलग्न राजिव लामालाई पक्राउ गरेको छ । फ्लाइट दुबइबाट काठमाडौं आएका लामाको लगेज जाँच गर्नेक्रममा उक्त परिमाणमा सुन फेला परेको हो । सुनलाई मोबाइल फोन चार्ज गर्न तथा टर्च लाइटको रुपमा प्रयोग गरिने...
घाम तापेर बित्छ शिक्षकको दिनः विद्यालय छ, छैनन् विद्यार्थी
बारा । जिल्ला सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना सञ्चालनमा छ । सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र...
माधव-प्रचण्ड नेकपाको आन्दोलनः बलात्कार विरुद्ध प्रदर्शनदेखि जनसभासम्म
काठमाडौं । नेकपाको माधव प्रच्ण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको । पार्टीको केन्द्रिय संघर्ष समितिले फागुन १५ गतेसम्मका लागि जनपरिचालनलगायतका कार्यक्रम सार्वजनिक गरेको हो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही फागुन ५ गते टुँडिखेल वरिपरि मानवसाङ्लो प्रदर्शन गरिने छ । पार्टीका...
विद्यालय तहको अन्तिम परीक्षा जेठभित्र, असारदेखि नयाँ शैक्षिक शत्र
काठमाडौं । सरकारले आगामी जेठ महिनाभित्र विद्यालय शिक्षाको सबै तहका सम्पूर्ण परीक्षा सकेर असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी गरेको छ । यसका लागि शिक्षा नियमावली संशोधनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जेठभित्र विद्यालय तहको सम्पूर्ण परीक्षा सकेर...