समाज/राजनीति

थप १ सय ५ मा कोरोना सङ्क्रमण पुष्टिः मृतक शून्य, सक्रिय संक्रमित १५ सय

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ६० को स्वास्थ्य परीक्षण गर्दा ४० महिला र ६५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । मंगलबार मृत्यु हुनेको सङ्ख्या भने शून्य छ । नेपालमा हालसम्म...

दियालो र तोरीको तेल बालेर निर्माण गरिएको ऐतिहासिक सुरुङ

काठमाडौं । चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएका सिँचाइ कुलोले रावाबेँसी गाउँपालिका–६ हौँचुरका ३५ घर किसानको खेतबारी सिञ्चित हुन्छ । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले विसं २०४४ असोज १५ गतेदेखि निर्माण शुरु गरेर विसं २०४८ मा सञ्चालनमा ल्याएका ५०० मिटर लामो सिँचाइ कुलोमा अहिले बाह्रै महिना उत्तिकै...

गण्डकी प्रदेश सरकार समृद्धिको पक्षमा छः मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहनुहुने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य...

भारत तर्फ डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

बिरगञ्ज । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना ७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा...

प्रदेश नं. २ सरकारले पुरा गर्यो तीन वर्ष, के भए जनताका काम ?

जनकपुर । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । तीन...

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारी खाजाका लागि ६० प्रकारका ‘मेनु’, पठायो ७ अर्ब ७२ करोड

काठमाडौं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले...

आज सरस्वती पुजा, विद्याकी देवीको आराधना गरे यस्तो फल मिल्छ

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या...

प्रधानमन्त्री ओलीले ३ वर्षमा गरेका कामको २३ पृष्ठे स्वःमूल्यांकन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षमा आफ्नो सरकारले गरेको कामको विववरण प्रस्तुत गरेका छन् । उनले २३ पेज लामो फेहरिस्त सार्वजनिक गरेका हुन् । यस्तो छ, ओलीले सार्वजिक गरेको सरकारको उपलब्धिः सरकारले ३ वर्षमा गरेका काम – केपी ओली

चिल्लो बन्न थाल्यो नयाँबसपार्कदेखि कुलेश्वरसम्मको विष्णुमति करिडोर

काठमाडौं । काठमाडौंको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम शुरु गरेको हो । काठमाडौंको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी निर्माण सेवाले नदी वरपर नयाँ पर्खाल लगाउने...

अझै केही दिन धुम्मिन्छ आकाश

काठमाडौं । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम...