समाज/राजनीति

घुस लिँदा लिँदै शसस्त्र प्रहरीका हाकिम रंगे हात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग...

३१ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ३१ जना सहसचिवहरुको सरुवा गरेको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक बन्ने चर्चामा रहेका राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय सरुवा भएका छन् । सम्पति सुद्धिकरण विभागका महानिर्देशक रुप...

पक्राउ परे दुई फरार अभियुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले अदालतबाट कैद सजाय पाएर फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै मुद्दामा उच्च अदालत पाटनको गत मङ्सिरको फैसलाले ३५ दिन कैद र रू ५६ लाख जरिवाना हुने ठहर भई फरार रहेका काठमाडौँको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश...

‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्छन् ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

काठमाडाै । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बनेका थिए ।...

वैदेशिक लगानी भित्र्याउन त्रिपक्षीय अन्तरराष्ट्रिय सम्मेलन गर्दै : द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेतको (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो । आज (बिहीबार) एक कार्यक्रमबीच फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको छ...

केपी ओली आधुनिक युगका कालिदास हुन्ः राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओली आधुनिक युगको कालिदास भएको दावी गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रमा उनले ओली कालिदास भएको र उनको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ...

ओलीको विकल्प खोजी तिब्रः माधव-प्रचण्डले बढाए भेटघाट, बामदेवको नयाँ प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्पको खोजी तिब्र भएको छ । नेकपा अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले अन्य दलका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । बुधबार काँग्रेस सभापति शेर बहादुर देउवासँग भेट गरेका अध्यक्षद्धयले बिहिबार जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका हुन् । बुढानिलकण्ठमा...

जगदुल्ला जलविद्युत आयोजनाका लागि सडक निर्माण प्रक्रिया शुरु, स्थानीय उत्साहित

जाकरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए । झण्डै ३८...

अवैध रकमसहित दुई नियन्त्रणमा

  कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह...

साँखु र शालिनदी क्षेत्रमा डेढ सय वर्ष पुरानो भीमसेन जात्रा

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ । मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालिनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति...