समाज/राजनीति

नागढुङ्गा सुरुङमार्ग निर्माण नौ प्रतिशत, १५ महिनामा खनिसक्ने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक...

चैत दोश्रो हप्तादेखि काठमाडौंमा मेलम्चीको पानी, दैनिक आउँछ धारा

काठमाडौं । मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण...

हावाहुरीको मौसममा बत्ति आउने/जाने भइरहन्छः प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीको मौसममा बत्ति आउने जाने भैरहने बताएको छ । प्राकिरणका प्रवक्ता मदन तिम्सिनाले बत्ति आउने जाने भइरहने तर लोडसेडिङ भने नहुने बताए । ‘हावाहुरीको मौसम छ, चट्याङ पर्नेदेखि लाइनमा रुढ ढलेर पनि समस्या हुन्छ तर त्यो लोड सेडिङ भने होइन’, प्राधिकरणका प्रवक्ता तिम्सिनाले सिंहदरबारसँग...

आवश्यकताभन्दा दोब्बर काठ वनैमा खेर, वार्षिक १८ अर्बको आयात

काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधी खारेज गरे लगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले ठहर गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तीको चुनौती सम्बन्धी हाका–हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन । नेपाल...

हुलाकी राजमार्गमा पुलका क्रोनिक ठेक्का तोडिँदै

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत लामो समयदेखि निर्माण अवरुद्ध भएका पुलको ठेक्का तोड्न थालिएको छ । निर्माण शुरु भएको १० वर्षसम्म सम्पन्न नभएका पाँच पुलमध्ये तीनको ठेक्का तोडिसकिएको छ भने दुई पुलको ठेक्का तोड्न प्रक्रिया अघि बढाइएको छ । आयोजनाको सबैभन्दा ठूलो चुनौतीका रुपमा पुलको क्रोनिक ठेक्का रहेको थियो ।...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः जाइकाले नसघाए आफैं बनाउने सरकारको योजना

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ । एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरी छलफल भएको छ...

ओली सरकार ढल्दैनः वरिष्ठ नेता खनाल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसालबाट पार्टी पुनःस्थापित भएकाले अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा...

पदयात्रा पर्यटनलाई लयमा फर्काउन पदयात्रा भ्रमण गराउँदै गण्डकी पर्यटन बोर्ड

  पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन(टेसा) पोखराको आयोजनामा पदयात्रा एवं पदयात्रा सामग्रीको प्रयोग तथा जानकारी विषयक अवलोकन भ्रमण गराइने भएको छ । पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र...

यसपालीको एसईइ परिक्षा जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

काठमाडौं । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक...

आगलागीबाट करोड बढीको क्षति

कैलाली । गोदावरी नगरपालिका-५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताए । धनगढी...