समाज/राजनीति
बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद
सुर्खेत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा...
छ जना बिचौलिया पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५...
अब खुला मञ्चलाई खाली हुने, अस्थायी बसपार्क सारिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र...
काँग्रेस, माओवादी र जसपा सहमति नजिक, देउवालाई प्रधानमन्त्री बनाउने
काठमाडौं । सत्ता समिकरणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहमति नजिक पुगेका छन् । पटक पटकको छलफलपछि काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति नजिक पुगेका हुन् । यी तीन दलबीच द्धिपक्षिय र त्रिपक्षिय छलफल...
इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण
काठमाडाैं । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरे । सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल...
चिकित्सकको अभावमा अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन
उदयपुर । जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् । सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् । स्वास्थ्य तथा...
टुट्यो ओली-माधव संवादहिनता, चार महिनापछि एउटै टेवलमा छलफल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली छलफल मा बसेका छन् । आज ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा आफ्नो पक्षका नेताहरु सहित दुबै नेताले छलफल सुरुगरेका छन् । छलफलमा माधवकुमार नेपाल सहित नेपालपक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त...
खुला चौरमा पठनपाठन कहिले बन्छ ? विद्यालय भवन
हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा...
काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा सकियो ९० प्रतिशत काम
काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत काम सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिङ्गटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारले नियमितरूपमा काम...
ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण
बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । कार्यालयले निकालेको वार्षिक...