समाज/राजनीति
बेलकोटगढीमा कोरोना सङ्क्रमितलाई पाँच हजार भत्ता
नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार उपलब्ध गराउन शुरु गरेको छ । नगरपालिकाभित्र कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत भदौ २९ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयानुसार कोरोना भाइरस सङ्क्रमित...
होटलमा आगलागी पाँच लाख क्षति
कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले...
माधव समुहको निष्कर्षः ओलीसँग नझुक्ने
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग नझुक्ने निष्कर्ष निकालेको छ । राजधानीमा जारी दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले ओलीका गलत कदमहरुको प्रतिवाद गरिरहने र नझुक्ने बताएका हुन् । भेलामा बरिष्ठ नेता नेपालले राजनीतिक प्रतिवेदन पेश गर्दै...
एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति पक्राउ
काठमाडौं । नेपाल प्रहरीले एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मङ्गलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।...
एमालेले फिर्ता लियो मुख्यमन्त्री शाहीलाई दिएको समर्थन, कर्णाली सरकार अर्को संकटमा
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो ।...
शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट
बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए । आरक्षको सुरक्षार्थ...
पटक-पटक म्याद थप्दापनि बनेन सर्लाहीका सडक, ठेकेदारको लापर्वाहीले जनता बेहाल
सर्लाही । मधेशको लाइफलाइन मानिने हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचक्र्याइँले सो सडक अलपत्र भएको हो । सडक निर्माण योजनामा ढिलासुस्ती हुँदा सर्लाहीका जनता निराश बनेका छन् । हुलाकी राजमार्गअन्तर्गत सर्लाहीको सदरमुकाम मलङ्गवाबाट छिमेकी जिल्ला महोत्तरीसँग जोड्ने शितलपुर हर्दी खोलासम्मको सडक जीर्ण...
चैतवैशाखभर गोरखा दरबार सङ्ग्रहालय सबै दिन खुला हुने
गोरखा । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुल्ला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए...
बाघ-गैँडा आक्रमणबाट फागुनमा तीनको मृत्यु, जनावर मानिस कोहि छैनन् सुरक्षित
काठमाडाैं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव-वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान गुमाउनाका साथै चार जना घाइते भएका छन् । चितवनको तामासुर पोष्टको जिम्मेवारी क्षेत्रमा फागुन...
सीमा बन्दले ढुवानीमा बढी रकम
फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुङ्गोला सीमा नाका १६ महिनादेखि बन्द छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो । गत वर्षको मङ्सिरदेखि नाका बन्द छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमासमेत फैलिन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गरेको थियो । गत माघ १६...